काठमाडौँ-काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७.३९ को समयमा भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको बताए ।
काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।