१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाली कांग्रेसले असार २१ मा बाेलायाे जिल्ला सभापतिहरूको भेला



झापा-नेपाली कांग्रेसले पार्टीको आन्तरिक सांगठनिक संरचनामा सुधार गर्नुपर्ने जनाउँदै त्यसमाथि आवश्यक छलफल गरी नीतिगत निर्णयमा पुग्न जिल्ला सभापतिहरूको बैठक आह्वान गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी असार २१ गतेका लागि बैठक आव्हान गरिएको हो । बैठकमा नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका विषयमा छलफल हुने कार्यबाहक मुख्य सचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिए ।

विगतमा महाधिवेशनको नजिक नेपाली कांग्रेसले सदस्यता वितरण र नवीकरण गर्दै आएको थियो । तर, यसपटक भने कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरिसकेको छ ।

काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहका पार्टी समितिलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् ।

गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरेको कांग्रेसले वडा तहमा क्रियाशील सदस्यता नवीकरणको कार्यालय जारी राखेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  ६ : ४२ बजे