१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि बन्धक



झापा- राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् ।

महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो समय करेन्ट लगाएर चरम यातना दिन थालेपछि पीडितका परिवार हारगुहार गर्दै प्रहरी र परराष्ट्र मन्त्रालय धाउन थालेका छन् ।

म्यानमारको राजधानीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ००:००  ७ : ४१ बजे