एजेज्सी–दक्षिणी लेबनानमा मिसाइल प्रहारमा समाचार एजेन्सी रोयटर्सका एक भिडियो पत्रकारको मृत्यु भएको छ । इसाम अब्दुल्लाह नामका पत्रकारको मृत्यु भएको हो । अरु ६ जना पत्रकार घाइते भएका छन् ।
रोयटर्स समाचारका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा काम गरिरहेका थिए ।
हाल इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एकअर्कालाई आक्रमण गरिरहेका छन् । लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायललाई दोष दिएका छन् ।
इजरायल रक्षा बलले केही प्रतिक्रिया दिएको छैन । त्यहाँका संयुक्त राष्ट्रसंघका राजदूत गिलार्ड एर्डनले भने, ‘आफ्नो काम गरिरहेका पत्रकारलाई निशाना बनाउने हाम्रो नियत नभएकोमा कुनै शंका छैन। तर युद्धको अवस्थामा यस्ता दुर्घटनाहरू हुन सक्छन् ।’