१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारी कार्यशैलीप्रति सभामुख घिमिरेको असहमति



बिर्तामोड-सभामुख देवराज घिमिरेले संसदमा पेश भएका विधेयकको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् । झापाको बिर्तामोडमा सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारी कार्यशैलीप्रति असहमति जनाएका हुन् ।

सरकारले मसिनो गरी छलफल नगरी विधेयक ल्याइरहेको भन्दै सभामुख घिमिरेले सरकारी कार्यशैली ठीक नभएको बताए । उनले सरोकारवालासँग छलफल र समन्वय गरेर मात्रै संसदमा विधेयक पेश गर्न सरकारलाई सुझाव दिए ।

सुन तस्करी प्रकरणमा आयोग बनाउने सहमति भए पनि त्यसको पालनामा सरकार गम्भीर नभएको जनाउँदै सभामुख घिमिरेले फेरि संसद अवरोधको अनौपचारिक सूचना पाएको बताए ।

संसद खुलाउने विषयमा आवश्यक समन्वय र संवादमा आफूले सधैँ जोड दिएको जनाउँदै सभामुख घिमिरेले आफ्नो भूमिकाप्रति शंका नगर्न आग्रह गरे । सभामुख घिमिरे तीन दिन आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त रहनेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ००:००  ९ : ३८ बजे