ललितपुर-अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या अस्थायी भएको बताएका छन् । शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका हुन् ।
युवा जनशक्तिको विदेश पलायन रोक्नु चुनौतिपूर्ण भएको बताउँदै अर्थमन्त्रीले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने मामिलामा वर्तमान सरकार गम्भीर र संवेदनशील रहेको पनि बताए ।