काठमाडौँ-नेकपा एकीकृत समाजवादीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समिति गठन गरेको छ । पहिलो महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समाजवादीले समिति गठन गरी जिम्मेवारी तोकेको हो ।
समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म हुने तय भइसकेको छ । महाधिवेशनलाई व्यवस्थित गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।
सम्मानित नेता झलनाथ खनाल अतिथि सत्कार समितिको संयोजक तोकिएका छन् । प्रतिनिधि व्यवस्थापन समितिको नेतृत्व बेदुराम भुसालले गर्नेछन् ।
प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन समिति गठन गरिएको छ । जगन्नाथ खतिवडा नेतृत्वको समितिले प्रचारप्रसारको जिम्मेवारी पाएको छ ।