१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

बिर्तामोडमा कात्तिक २५ गते राप्रपाको देउसी र शुभकामना कार्यक्रम



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कात्तिक २५ गते बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा राप्रपाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

राप्रपा र राप्रपा सम्वद्ध जनवर्गीय संगठनको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले बताए । शुभकामनासँगै सामूहिक देउसी भैलो पनि आयोजना गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

आपसी सद्भाव, भाइचारा र आत्मीयता साटासाट गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा राप्रपा झापाले आफ्नो नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई सहभागिताका लागि सार्वजनिकरुपमा अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ७ : ५७ बजे