५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

वडा नम्बर ६ मा कुचो बनाउने तालिम



झापा- बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समूहले तालिम आयोजना गरेको हो ।

तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक हुने बताइन् ।

तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना पनि सहभागी थिए । तालिममा सहभागीहरुलाई स्थानीय वीरु राईले प्रशिक्षण दिएका थिए ।

तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले तालिमलाई व्यवहारमा उतार्नु पर्ने बताइन् । सहभागीलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत तिम्सिनाले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ००:००  १२ : ०८ बजे