१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ



झापा–नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८३ तथा डिजेल प्रतिलिटर १७३ रुपैयाँ भएको छ ।

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई पठाएको थियो ।

निगमले स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको हो । बढेको मूल्य शनिबार मध्यराति १२ बजेपछि लागू हुनेछ ।

हाललाई ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ९ : ५० बजे