भद्रपुर- झापा जिल्ला सहकारी संघले सहकारी क्षेत्रमा सुरक्षाको माग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष गणेश ढकाल नेतृत्वको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधि मण्डलमा उपाध्यक्ष महेन्द्र गिरी र सचिव भवानी दंगाल लगायत सहभागी छन् ।
संघको प्रतिनिधि मण्डलले सहकारीको समस्या समाधानको लागि महासंघद्धारा जारी १३ बुँदे मागपत्र पेश पनि पेश गरेको छ ।
झापामा रहेका सहकारी तथा लघुवित्त लगायतका सेवा प्रदायक संघ संस्थामाथि विभिन्न अराजक व्यक्ति र समूहले आक्रमण गर्न थालेपछि जिल्ला संघ सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै प्रशासनमा गएको हो ।