१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ-नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले नयाँ मूल्य पठाएपछि निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर २ रुपैयाँ घटाइएको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरका विषयमा भने केही बोलेको छैन ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  ९ : ३९ बजे