१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

खोलामा भेटियो खानको शव : सम्पर्कविहीन भए दुई साथी



विराटचोक-भाडा वर्तनको काम गर्ने एकजना भारतीय नागरिक मृत फेला परेका छन् । आइतवार दिउँसो सुन्दर हरँैचा १२ मा २४ वर्षीय साजिक खानको शव भेटिएको हो ।

मोरङ प्रहरीका अनुसार पानीमा डुवेको अवस्थामा खान मृत भेटिएका हुन् । उनको शरीरमा चोटपटक पनि देखिएकाले हत्या भएको आंशका गरिएको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

खानको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीले उनका एक जना साथीलाई नियन्त्रणमा लिएको छ । अरु दुई जना साथी सम्पर्कविहीन भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ७ : २३ बजे