१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापाबाट चोरी भएका आठवटा मोटरसाइकलसहित मगर पक्राउ



भद्रपुर-मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भई बिर्तामोड नगरपालिका ६ बुटाबारीमा बस्दै आएका २७ वर्षीय योगेश भनिने बालकुमार मगर छन् ।

मगरलाई शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । चाेरिएका आठवटा मोटरसाइकलसहित प्रहरीले मगरलाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गरी बेचबिखन गर्दै आएका मगरलाई पाँचथरको हिलिहाङबाट पक्राउ गरिएको झापा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

प्रहरीका अनुसार झापाबाट हराएका ती मोटरसाइकल ताप्लेजुङका विभिन्न स्थानमा फेला परेका थिए । फेला परेका मोटरसाइकल प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ००:००  ६ : २० बजे