१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

अर्थमन्त्री पुन अमेरिका प्रस्थान



झापा-विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् ।

चार सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री पुन सोमबार बिहान वासिङ्टन डिसीका लागि उडेका हुन् ।

अर्थमन्त्री पुनलाई अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर सहित सहसचिवहरूले अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

तीनदिने अमेरिका बसाईका क्रममा अर्थमन्त्री पुनले विभिन्न क्षेत्रका व्यक्तित्वलाई भेट्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ००:००  ७ : ५४ बजे