१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अर्जुनधाराको आवधिक नगर विकास योजना हस्तान्तरण



झापा-सभामुख देवराज घिमिरेको सचिवालयले अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना हस्तान्तरण गरेको छ ।

सभामुखको सचिवालयमा कार्यरत केशवराज ढुंगेलले तयार पारेको आवधिक नगर विकास योजना सम्बन्धी पुस्तक नगरप्रमुख बलदेव सिंह गाेम्देनलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकामा आयोजित कार्यक्रमकाबीच साेमवार सभामुख घिमिरेले नगरप्रमुख गाेम्देनलाई उक्त पुस्तक हस्तान्तरण गरेका हुन् ।

अर्जुनधारा नगरले प्रत्येक बर्ष आवधिक योजनाका लागि बजेट बिनियोजन गर्दै आएको छ । नगरबासी भएको हैसियतले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूले योजना तयार पारेर नगरलाई प्रदान गरेको ढुंगेलले बताए ।

आवधिक योजनामा अर्जुनधारा नगरपालिकाको लक्ष्य, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर र चुनौतीको विश्लेषण, विषयगत समितिको सोच, लक्ष्य लगायतका बिषय बस्तु समेटिएका छन् ।

नगर प्रमुख गोम्देनले नगरले आवधिक योजनाका लागि छुट्याएको बजेटले शनिश्चरे बजारमा अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गरिएको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  १० : ०० बजे