२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

ब्राउन सुगरसहित काँकडभिट्टाबाट समातिए धादिङका युवक



काँकडभिट्टा– लागूऔषध ब्राउन सुगरसहित धादिङका एक युवक सोमबार साँझ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ खन्याबास गाउँपालिका-५ का २० वर्षीय बिनोद तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतबाट नेपाल आउँदै गर्दा तालिम प्राप्त कुकुरको सहायतामा तामाङलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रहरीका अनुसार तामाङका साथमा ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाकाे हिरासतमा राखिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो र प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको सहायतामा तामाङलाई मेची पुलबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार ००:००  ७ : ०६ बजे