५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

१२ वर्षमा मारिए १७ हात्ती, मानवीय क्षति झन् डरलाग्दो



भद्रपुर-जंगली हात्तीको आक्रमणबाट गत आर्थिक वर्ष ०७९–८० मा झापामा आठ जनाको ज्यान गएको छ । एक भारतीयसहित आठ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको हो ।

ज्यान गुमाउनेमा एकजना भुटानी शरणार्थी पनि छन् । मानव हात्ती द्वन्द्वका क्रममा मानवीय क्षतिसँगै हात्ती पनि मारिने गरेको वन अधिकृत अञ्जना पुरीले बताउनु भयो । अघिल्लो आर्थिक वर्षमा हात्ती आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।

वन अधिकृत पुरीका अनुसार पछिल्लो १२ वर्षमा झापामा हात्ती आक्रमणबाट ६१ जनाको मृत्यु भएको छ । त्यसमा आठ जना गैरनेपाली नागरिक पनि परेका छन् । यो अवधिमा १७ वटा हात्ती मारिएको वन कार्यालयको तथ्यांक छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ००:००  ९ : ४१ बजे