२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचित कार्य समितिद्वारा दुई महिनामा पदभार ग्रहण



झापा-बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतवारदेखि पदभार ग्रहण गरेको छ। निर्वाचित भएको करिव दुई महिनापछि राजु न्यौपाने नेतृ‌त्वको कार्य समितिले पदभार ग्रहण गरेको हो ।

२०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्‌घका अध्यक्ष प्रकाश सिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।

अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका छन् । यसअधि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार ००:००  १ : ५६ बजे