१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माध्यमिक शिक्षा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी



झापा-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

मैले परीक्षाफल प्रकाशनको अन्तिम तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएका छन् ।

यद्यपि, नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा परीक्षा नियन्त्रण कार्यालयले अहिले पनि अन्योलमा छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले बोर्डले निर्णय गरेअनुसार नतिजा सार्वजनिक गरिने बताए ‌।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले चैत १७ गतेदेखि २९ गतेसम्म माध्यमिक शिक्षा परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा ७७ जिल्लाका २०३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  ६ : ५८ बजे