१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोशी प्रदेशमा सभामुख लिने राप्रपाको निर्णय !



मोरङ– कोशी प्रदेश सरकारमा अधिकार बाँडफाँडका विषयमा भएको पूर्व सहमति अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख लिने भएको छ ।

सत्ता गठबन्धन दलसँग भएको छलफलमा राप्रपाले सभामुख लिने विषयमा सहमति जनाएको हो । यद्यपि, यसको औपचारिक निर्णय भने सार्वजनिक भएको छैन ।

स्रोतका अनुसार राप्रपाले झापाबाट प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गरेका अमरबहादुर बिष्टलाई सभामुख बनाउने तयारी गरेको छ । तर, बिष्टले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

मङ्गलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस २४ गतेबाट सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

गत साउन १६ गतेदेखि कोशी प्रदेश सभा सभामुखविहीन छ । सत्ता गठबन्धनमा बहुमत सिद्ध गर्न तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि सभामुखकाे पद रिक्त भएको हो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  ८ : ५७ बजे