७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

शुक्रराजका २३७ जना विद्यार्थीलाई स्कूल जुत्ता




बिर्तामोड- बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयका बालबालिकाले जुत्ता पाएका छन् । वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा २३७ जना बालबालिकालाई स्कूल जुत्ता वितरण गरिएको हो ।

निम्न आर्थिक अवस्थाका कारण अधिकांश विद्यार्थी खाली खुट्टा र चप्पलमा आउने गरेकाले उनीहरुलाई वडा कार्यालयको बजेटबाट जुत्ता वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । वडा कार्यालयले जुत्ता उपलव्ध गराउन ९५ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सोयालाल राजवंशी, इन्दिरा पाण्डे, अग्निप्रसाद सिटौला, लक्ष्मी नेपाली, विद्यालयका प्रधानाध्यापक गोमादेवी दुलाल, शिक्षक अभिभावक संघका अध्यक्ष रणवीर बराल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  ५ : ०६ बजे