१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेता मन परेन भने अब ‘नो भोट’ को व्यवस्था



काठमाडौँ– निर्वाचन आयोगले ‘नो भोट’ र विदेशमा रहेका नेपालीले समानुपातिकमा मतदान गर्न पाउने प्रस्ताव गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले ‘नो भोट’ को व्यवस्था गरेको छ ।

आयोगले तयार गरेको ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका मतदातालाई पनि समेट्ने गरी व्यवस्था गर्न लागिएको बताए ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले प्रतिनिधि सभाको समानुपातिकतर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए ।

कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने ‘नो भोट’ गरी मतदान गर्न सकिनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ९ : ४९ बजे