५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित



बिर्तामोड–झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार बिर्तामोडमा आयोजित आठाैँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।

एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् ।

पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले उनलाई दोसल्ला ओढाएर नगद आठ हजार एकसयसहित सम्मान गरेका छन् ।

पत्रकार न्याैपानेसँगै कृषक भीमलाल मावाे, लघु उद्यमी माया गुरुङ, व्यवसायी प्रभातकुमार अग्रवाल र उत्कृष्ट जिल्लाका रुपमा कास्कीलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  १ : १९ बजे