बिर्तामोड- सर्वसाधारणको करिव २४ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेका झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती शुभद्रा कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतले ठगी मुद्दामा विश्वकर्मा दम्पत्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि मंगलवार उनीहरुलाई कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
झापाको गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ रुपैयाँ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई साउन ४ गते काँकडभिट्टाबाट पक्राउ गरिएको थियो ।