१ असार २०८३, सोमबार | Mon Jun 15 2026

विकास बैँकले कमाए तीन अर्ब ७८ करोड नाफा



झापा-नेपाल राष्ट्र वैँकले विकास बैकको नाफाको अवस्था सार्वजनिक गरेको छ । फागुन मसान्तसम्मको बैङकिङ नाफा विवरण राष्ट्र बैकले सार्वजनिक गरेको हो ।

विकास बैंकहरुले आर्थिक वर्षको ८ महिना सकिँदा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक ८७ करोड
गरिमा विकास बैंक ६६ करोड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ५६ करोड
महालक्ष्मी विकास बैंक ४३ करोड
लुम्बिनी विकास बैंक ३७ करोड
कामना सेवा विकास बैंक ३२ करोड
सांग्रिला डेभलपमेन्ट बैंक २९ करोड
ज्योति विकास बैंक १८ करोड

राष्ट्रियस्तरका आठवटा विकास बैंक छन् । जसमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गर्दा गरिमा र शाइन रेसुङ्गाले त्यसलाई पछ्याएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार ००:००  ७ : ११ बजे