झापा-नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शरणार्थी प्रकरणको सुनुवाईका क्रममा शुक्रवार अदालतले नेता रिजालसँग १५ लाख रुपैयाँ धरौटी मागेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहको गिरफ्तारीसँगै भुटानी मानवअधिकारवादी नेता रिजाल पनि पक्राउ परेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा नेता रिजालको पनि संलग्नता रहेको अनुमानका बीच अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गर्दै आएका थिए ।


















