१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’



झापा– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकका लागि उपलब्ध छ ।

साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन । यो अफर पाउनका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ ।

थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिनेछ वा वर्ल्डलिंकको अनलाइन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ । यो अफर सीमित अबधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ००:००  ७ : ३६ बजे