१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एकलाख नेपाली नक्कली नोटसहित थापा पक्राउ



झापा–एकलाख नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पूर्वसूचनाका आधारमा प्रहरीले नोटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले थापाका साथबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोट भेटिएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ९ : ३६ बजे