२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

वीरता लेडी जेसीजमा प्री इन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ



बिर्तामोड-वीरता लेडी जेसीजले सोमबार बिर्तामोडस्थित आफ्नै सचिवालयमा प्री इन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ आयोजना गरेको छ । आफ्ना सदस्यहरूको सीप तथा क्षमता वृद्धिका लागि लेडी जेसीजले उक्त तालिम आयोजना गरेको हो ।

सदस्यहरूको प्रतिस्पर्धी क्षमता विकासमा सघाउन तालिम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो । तालिममा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि एवव् वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले तालिम दिनु भएको हो । पूर्व अध्यक्ष कञ्चना सिटौला विशिष्ट अतिथि रहनु भएको तालिममा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्षहरू, मानार्थ सदस्यहरू र कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

निवर्तमान अध्यक्ष संगीता गिरी र पूर्व अध्यक्ष संगीता चिमरियाको समेत उपस्थिति रहेको कार्यक्रममा एलिना रिजालले आस्था पाठ गर्नुका साथै कोपिला पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

लेडी जेसीजकी पूर्व अध्यक्ष स्वस्तिका सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा मिसन भिजन अस्मिता राईले वाचन गर्नुभएको थियो भने सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ११ : ०६ बजे