२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

यी हुन् झिलझिले दुर्घटनामा ज्यान गुमाउने तीन युवक



बिर्तामोड- पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल गाउँपालिका-४ का २५ वर्षीय मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको ज्यान गएको छ ।

तीव्र गतिमा रहेको प्र १-०१-००१ च ९३२९ नम्वरको बोलेरोको ठक्करबाट मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु हो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ००:००  ११ : ११ बजे