१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बसलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु



झापा– भारत राजस्थानको भरतपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । गुजरातबाट यूपी जाँदै गरेको यात्रुले भरिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बस सडक छेउमा रोकिएको बेला दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बस उत्तर प्रदेशको मथुरा आउँदै थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ००:००  ८ : ३५ बजे