१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

जग्गा बाँझो राख्न नदिने कानुन बनाउनुस् : पूर्वमन्त्री पाण्डे



बिर्तामोड-पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जग्गा बाँझो राख्न नदिने कानुन निर्माण गर्न स्थानीय सरकारले अग्रसरता देखाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले कृषिको विकास नभएसम्म परनिर्भरता नघट्ने पनि बताए ।

व्यवसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताउँदै पूर्व अर्थमन्त्री पाण्डेले जग्गा टुक्राटुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ९ : ०२ बजे