मोरङ-नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको नामकरणमा कमजोरी भएको स्वीकार गरेको छ । कोसी नामको पक्षमा मतदान गर्नु गम्भीर त्रुटि भएको माओवादी निष्कर्ष छ ।
प्रदेशसभा संसदीय दलले नामकरणमा कमजोरी गरेको माओवादी केन्द्र कोसी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । ‘प्रदेशको नाम बहुपहिचानका आधारमा राख्नुपर्छ भन्नेमा हामी सहमत छौँ’, उनले भने ।
पहिचान पक्षधरले प्रदेश नामकरणको विरोधमा आन्दोलन चर्काएपछि यसअघि पनि माओवादीले नाममा समर्थन जनाउनु गल्ती भएको स्वीकार गरिसकेको थियो ।
१७ फागुन २०७९ मा प्रदेशसभाले तत्कालीन प्रदेश १ को नाम कोसी राख्ने निर्णय गरेको थियो ।