१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा ट्राफिकले मापसे चालकबाट असुल्यो १९ लाख जरिवाना



बिर्तामोड-झापामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकले ११ महिनामा करिव १९ लाख रुपैयाँ जरिवाना तिरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित चेकजाँचका क्रममा मापसे चालकबाट उक्त रकम जरिवाना असुलेको हो ।

ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले चालु आर्थिक वर्षको ११ महिनामा मापसे चालकबाट १८ लाख ९९ हजार रुपैयाँ जरिवाना असुल गरिएको बताए । राजमार्गमा गरिएको सवारी चेकजाँचका क्रममा मापसे चालक कार्वाहीमा परेका हुन् ।

कतिपय चालक दोहोरिएर पनि कार्वाहीमा परेका छन् । ११ महिनामा १८९९ जना मापसे चालक ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । उनीहरुलाई सचेतना कक्षामा समेत सामेल गराउँदै ट्राफिक प्रहरीले मापसे गरेर सवारी नचलाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ७ : ४९ बजे