१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शान्तिनगरको बर्नेमा फुटबल प्रतियोगिताको तयारी



बुद्धशान्ति- झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो ।

पुस २१ गतेदेखि २८ गतेसम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले जनाएको छ । आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार खेल क्लब स्तरीय खुल्ला प्रतियोगिता हुनेछ ।

बिजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहनकुमार मावोले बताए ।

खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ००:००  ८ : ५४ बजे