७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

२५ वर्षीय युवाको दुवै किड्नी ‘ड्यामेज’ : प्रत्यारोपणका लागि छैन् पैसा



बिर्तामोड-झापाको अर्जुनधारा–५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको दुवै किड्नी ‘ड्यामेज’ भएका छन् । प्रेसर बढेपछि उपचारार्थ भर्ना भएका श्रेष्ठको मिर्गाैला फेल भएको चिकित्सकले बताएका हुन् ।

श्रेष्ठलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । परीक्षणमा दुवै मिर्गाैला फेल भएको पुष्टि भएको दाजु नारायण श्रेष्ठले बताए ।

‘भाईको स्वास्थ्य अवस्था जटिल बन्ने देखियो’, नारायणले भने, ‘उपचारका लागि आर्थिक अवस्था एकदम कमजोर छ ।’ श्रेष्ठ परिवारको दयनीय अवस्था देखेर स्थानीयले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन सुरु गरेका छन् ।

प्रदीपका दाजु नारायण श्रेष्ठको संयोजकत्वमा समिति निर्माण भएको हो । प्रदीपलाई काठमाडौंको भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको छ । उनलाई आफ्नै दाजु बिष्णु श्रेष्ठले मिर्गाैला दिने भएका छन् ।

तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्च जुटाउन श्रेष्ठ परिवारले सकिरहेको छैन् । प्रदीपका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सवैसँग सहयोगको लागि याचना गरेका छन् ।

समान्यतया मिर्गाैला प्रत्यारोपण गर्न १५ लाख रुपैयाँसम्म खर्च हुन्छ । शनिवार बिहीबारे बजारमा राखिएको भेलाबाट ३७ हजार ६३० रुपैयाँ संकलन भएको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।

प्रदीपको आर्थिक अवस्था देखेर नेवाः देय् दबु अर्जुनधारा नगर समितिले आयोजना गरेको लाखे जात्राबाट १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

पीडितको सहयोगका लागि खाता नम्वर
नारायण श्रेष्ठ
प्राइम कमर्सिएल बैँक लक्ष्मीपुर झापा
खाता नम्वर १०६००४५६
मोबाइल नम्बर ९८१४९९८९४१

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ९ : ४८ बजे