५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने तयारीमा



झापा– कोशी प्रदेशको सत्ता राजनीतिमा देखिएको सकस झन्झन् पेचिलो बन्दै गएको छ । प्रदेशसभाको अध्यक्षता गरेका प्रदेश सभा सदस्य इस्त्राइल मन्सुरीले समेत मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि फेरि कानुनी र संवैधानिक प्रश्न उठेको हो ।

सोमबार मुख्यमन्त्री उद्धव थापाले मन्सुरीकाे समेत मत लिएर विश्वासको प्राप्त गरेका छन् ‌। यसलाई नेकपा एमालेले असंवैधानिक कदम भनेको छ । उपसभामुख सिर्जना दनुवारकाे अनुपस्थितिमा मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

पूर्व मुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानको धज्जी उडाउने सत्ता गठबन्धनको निर्लज्ज व्यवहारविरुद्ध अदालत जानुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ८ : ४० बजे