१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विधानको विषयलाई लिएर माओवादी केन्द्रभित्र विवाद



झापा– नेकपा माओवादी केन्द्रभित्र विधानको विषयमा विवाद देखिएको छ । पार्टी कमिटी कसरी निर्वाचित हुने र तल्ला कमिटीलाई कति अधिकार दिने लगायतका विषयमा नेताहरूको मत बाझिएको हो ।

आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान सम्मेलन गर्ने तयारीमा माओवादी केन्द्र छ । केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मस्यौदा बुझाइसकेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली राख्ने र पछि मनोनयन गर्ने विषयमा मस्यौदा समितिमा पनि मत बाझिएको नेताहरूले बताएका छन् । माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, राम कार्की र गणेश साह प्रत्यक्ष निर्वाचन प्रणालीबाट कमिटी चयन हुनुपर्ने पक्षमा छन् ।

कतिपय नेताहरू कम्युनिस्ट पार्टीभित्र प्रत्यक्ष प्रणाली अपनाउँदा अरु विकृति बढ्ने भन्दै विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ००:००  ९ : ०५ बजे