१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कुकुरको आहाराका लागि नेपालबाट साढे तीन अर्वको छुर्पी निर्यात



बिर्तामोड-नेपालबाट साढे तीन अर्वको छुर्पी निर्यात भएको छ । आर्थिक वर्ष २०७९–८० मा तीन अर्ब ४० हरोड रुपैयाँको छुर्पी निर्यात भएको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ९१ करोड रुपैयाँ छुर्पी विदेश निर्यात भएको थियो । नेपालबाट अमेरिकासहित विश्वका २६ मुलुकमा छुर्पी निर्यात हुँदै आएको छ ।

अमेरिकाले सबैभन्दा बढी परिमाणमा नेपालको छुर्पी किनेको छ । विभागका अनुसार दुई अर्ब ९६ करोड ७६ लाखको छुर्पी अमेरिका निर्यात भएको हो । उत्पादनको ठूलो हिस्सा अमेरिकी बजारमा आश्रित छ ।

नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको छुर्पी पश्चिमा राष्ट्रमा मुलत कुकुरका लागि भरपर्दाे खाद्य आहारा हो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार ००:००  ८ : ४९ बजे