धरान-धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राध्यापक डा. प्रल्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
नियमित बढुवाको विषयलाई लिएर प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएपछि मेयर साम्पाङले सोमबार दिउँसो कार्कीको कार्यकक्षामा ताला लगाएका हुन् ।
सोमबार दिउँसो मोटरसाइकल चढेर प्रतिष्ठान पुगेका मेयर साम्पाङले आवश्यक पर्दा ताला आफै खोल्न आउने प्रष्ट पारेका छन् ।


















