९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

शिवसताक्षीमा पाँच दिवसीय भावातीत ध्यान शिविर




शिवसताक्षी- झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा शनिबारदेखि पाँचदिने शिविर सञ्चालन भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिविरमा नगरपालिकाका माध्यमिक तहका सामुदायिक र संस्थागत विद्यालयका ५० जना शिक्षकले सहभागिता जनाएका छन् । शिविर विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शिविरको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।

उद्घाटनमा नेपालका चर्चित कलाकार मनोज गजुरेलले ध्यानको विषयमा चर्चा गरेका थिए । उनले ध्यानका कारण आफ्नो जीवनका धेरै परिवर्तन भएको अनुभूति सुनाएका थिए ।

महर्षि वैदिक फाउण्डेशन नेपालका प्रशिक्षक माधव अर्यालले कार्यक्रमको सहजीकरण गरेका छन् । ध्यान शिविर शिवसताक्षी नगरपालिकाको आयोजनामा सञ्चालन भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  २ : २३ बजे