काठमाडाैँ-नेपाली कांग्रेस र माओवादी केन्द्र बीचको सत्ता गठबन्धन टुटेको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले सत्ता राजनीति परिवर्तनको दिशामा पुगेको हो।
नेकपा एमालेलाई साथमा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्भवत आज सबै मन्त्रीहरूलाई बर्खास्त गरेर सानो आकारको नयाँ मन्त्रिमण्डल गठन गर्नेछन् ।
मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समेट्ने गरेको तयारी छ। सत्ता गठबन्धनमा आएको फेरबदलसँगै राजनीतिक दलहरू अहिले पार्टीको बैठकमा व्यस्त छन् ।