७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

काठ तस्करीमा संलग्न भएको अभियोगमा मेचीनगरबाट एक जना पक्राउ



मेचीनगर-काठ तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले झापाको मेचीनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर २ का तेजबहादुर राई रहेका छन् ।

प्रदेश १-०२-००३ त १८१२ नम्वरको ट्याक्टरमा आँप, कदम, छतिउन लगायत विभिन्न जातको ८३ थान गोलिया काठसहित राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले आवश्यक कागजात फेला नपरेकाले राईलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडि बढाइएको बताए ।

काठसहित राईलाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार ००:००  ३ : ४१ बजे