७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झापाको बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा हेमरमको मृत्यु



बिर्तामोड-झापाको बाह्रदशीमा बिहीवार मध्यान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–३ का सनम हेमरम रहेका छन् ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे८प ३५६९ को मोटरसाइकलले पैदलयात्री स्थानीय ४५ बर्षीया मनि मणीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हेमरम घाइते भएका थिए । बिर्तासिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ४ : ०३ बजे