झापा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक वडाका प्रत्येक घरमा पुग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार पार्टीको केन्द्रीय कमिटीको बैठक समापन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले संगठन विस्तारमा सहयोग पुग्ने गरी जनताका घरघरमा पुग्न निर्देशन दिएका हुन् ।
पार्टीको सांगठनिक संरचनालाई वडा तहबाटै बलियो बनाउने रणनीतिसहित माओवादीले तीन महिने रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने अध्यक्ष प्रचण्डले घोषणा गरे ।
भदौ १६ गतेदेखि लगातार तीन महिनासम्म सञ्चालन हुने अभियानले नयाँ पार्टी निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको विश्वास छ ।