१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

शरणार्थी समस्या समाधान गर्न सरकारलाई आग्रह



झापा-इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले भुटानी शरणार्थी समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फाउण्डेसनले भुटानबाट लखेटिएका नेपालीभाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधान खोज्न आग्रह गरेको हो ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा गएको समूहले भुटान फर्किन चाहने शरणार्थीका लागि ढोका खुला गरिनुपर्ने माग राखेको छ ।

नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गर्न पनि सरकारसँग अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ७ : २१ बजे