७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

एक लाख रुपैयाँ घुससहित इञ्जिनियर पक्राउ



जनकपुर– एकलाख रुपैयाँ घुससहित धनुषाबाट एकजना इञ्जिनियर पक्राउ परेका छन् ‌। धनुषाको शहीदनगर नगरपालिकाका इञ्जिनियर रमेशकुमार चौधरी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले चौधरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

चौधरीको साथमा एक लाख रुपैँयाँको चेक पनि फेला परेको छ । उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् ‌।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले पशुसेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ‌।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ७ : ०३ बजे