१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डाक्टर कुटेको विरोधमा देशभर सेवा ठप्प पार्ने चेतावनी



झापा-नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याए देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

चिकित्सक सङ्घले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गरेको हो ।

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको सङ्घको दाबी छ ।

हेटौँडामा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुटपिटमा संलग्न रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  ५ : ४६ बजे