१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माओवादी केन्द्र विधान अधिवेशनको तयारीमा



झापा-नेकपा माओवादी केन्द्र विधान अधिवेशनको तयारीमा जुटेको छ । फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुन लागेको विधान अधिवेशनको तयारी भइरहेको हो ।

विधान मस्यौदा कार्यदलले तयार गरेको मस्यौदा विधानसहित तल्लो तहमा माओवादी केन्द्रले परिपत्र गरेको छ । वडा तहमा माघ २१ गतेसम्म मस्यौदामाथि छलफल गर्न केन्द्रको निर्देशन छ ।

माओवादी केन्द्रका प्रवक्ता तथा पार्टी उपाध्यक्ष अग्नि सापकोटाका अनुसार विधान अधिवेशनमा करिब १३ सय प्रतिनिधि उपस्थित हुनेछन् । सहभागी प्रतिनिधिले प्रवेश शुल्कबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ९ : ४९ बजे